मंगलबार , भाद्र १६, २०८३

काठमाडौं /  कञ्चनपुरको भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी भएको छ। राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर (महेन्द्र) स्मारक चोकमा राजा महेन्द्रको सालिक अनावरण गर्न खोजेपछि सम्भावित परिणामलाई ध्यानमा राखेर एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो।

भीमदत्त नगरपालिका वडा नं ४  महेन्द्रनगरमा रहेको संविधान चोक आसपासको क्षेत्रमा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वर्गीय पूर्व राजा महेन्द्र  शाहकाे सालिक  राख्ने तयारी गरेपछि संविधान चोक आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेकाे हाे ।

राप्रपाले पूर्वनिर्धारित कार्यक्रमस्थल फेरेर चोक नजिकै सब्जीमण्डी रोडमा कार्यक्रम गर्न लागेको छ। महेन्द्रको सालिक अनावरणमा गणतन्त्रवादी दलहरुले विरोध जनाएपछि सुरक्षा संवेदशीलतालाई ध्यान दिई प्रशासनले स्मारक चोकमा कार्यक्रम गर्न नदिएको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०र८र२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP