सोमबार , बैसाख १५, २०८२

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा गरेका छन् ।

झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन् । पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री सवार प्रदेश १-०४-००१ झ ०००३ नम्बरको गाडीको सीसा फुटेको छ ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरे हुन् ।

प्रदेशसभाबाट १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले नाम संशोधनको माग गर्दै आन्दोलन गरिरहेका छन् । मुख्यमन्त्री कार्की विरुद्ध पहिचान पक्षधरले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP