मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट लागूऔषध कारोबारी अविनाश राईलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीले  प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको बताए ।  उनको साथबाट आइस ड्रग बरामद भएको प्रहरीले जनाएको छ । राईलाई उपचारका लागि अस्पताल लगिएको छ ।उनको दाहिने खुट्टामा गोली लागेको छ भने राईको साथबाट एउटा पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि १५ कात्तिकमा पनि गोठाटारमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP