सोमबार , बैसाख १५, २०८२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डलेगठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् । तर ती कसरतहरु असफल हुने र गठबन्धन पाँच वर्ष चल्ने उनले दाबी गरे ।

‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्रीले सरकार ढाल्ने कोशिस भैरहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने पनि बताए । प्रचण्ड गत वर्ष १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरिएको बताए । प्रधानमन्त्रीले प्रतिक्रियावादी र अवसरवादीलाई अहिलेको सुधार मन नपरेको बताए।  छैन। ‘नोकरशाही र दलालहरूलाई यी कुरा मन परेका छैनन्। हाम्रो लडाइँ टुंगिएको छैन’, उनले भने, ‘हामी सुधारको प्रयासमा छौँ। लोकतन्त्र र अहिलेको व्यवस्था बलियो बनाएर प्रतिक्रियावादीहरूलाई टाउको उठाउन दिँदैनौँ।’

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकारले प्रयास गरिरहेको बताए।‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रयासमा सरकार लागिरहेको छ। सरकारविरुद्ध अर्को ठाउँबाट प्रहार हुँदैछ’, उनले भने, ‘सरकारका राम्रा काम लुकाएर बदनाम गर्न खोजिँदैछ, आक्रमण गरिँदैछ।’

दाहालले राष्ट्र र जनताका पक्षमा काम गर्न सकिने अवसर रहेको बताउँदै अर्थतन्त्रमा पनि सुधार हुँदै गएको बताए। ‘अर्थतन्त्र सुधार हुँदैछ। राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले सुधारको संकेत देखाएको छ’, उनले भने, ‘जतिसुकै घेराबन्दी भए पनि राष्ट्र र जनताप्रति इमान्दार हुँदा कसैको केही लाग्ने रहेनछ। अब विकास निर्माणका काममा पनि परिणाम देखिँदै जान्छ। सरकारको तर्फबाट हुन सक्ने र गर्न सक्ने काम गरिँदैछ, गर्दै जान्छौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP