मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करीब २ सय  नेपाली नागरिक रूसी सेनामा  भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी भइरहेको जानकारी दिएका हुन् ।

‘रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो ।’ उनले भने,  अब २०० भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ ।’ रूस–युक्रेन युद्ध र इजरायल हमास युद्धका कारण नेपालले नयाँ परिस्थिति ब्यहोर्नुपरेको उनले बताए ।

‘कोही रूसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौं । विगतमा देख्न व्यहोर्न पर्दैनथ्यो, अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्’, प्रधानमन्त्री प्रचण्डले भने । इजरायल हमास युद्धमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP