शनिबार , असार १३, २०८३

काठमाडौं । वीरगञ्ज भन्सारस्थित ड्राइपोर्ट (सुख्खा बन्दरगाहा)मा राजस्व छली तथा कोटाविपरीत ल्याइएका ठुलो परिमाणका सुपारी, रक्सी, छोकडा र मरिच रहेको भए पनि कारबाही प्रक्रिया थालिएको छैन। केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिच गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहँदा समेत उनीहरूमाथि छानबिन र कारबाही प्रक्रिया थालिएको छैन।

स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर कोटाविपरीत ल्याइएका झण्डै ४० ट्रक सुपारी, १० कन्टेनर अवैध रक्सी, ठुलो परिमाणका छोकडा, मरिच लगाएका माल सामानहरू गोप्य रूपमा राखिएका छन्। भन्सार विभागले वीरगञ्ज भन्सारस्थित गोदाममा ठुलो परिमाणमा राजस्व छलीका तथा कोटाबिनाका सुपारी, रक्सी, छोकडा मरिच भएको बताउँदै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाए पनि छानबिन टोलीले अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको छैन।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले पाँच दिनअघि छानबिन टोली बनाइएको बताए पनि सो टोली हालसम्म फिल्डमा परिचालन हुन सकेको छैन। महानिर्देशक पौडेलले भने ती अवैध मालसामान बरामद प्रक्रिया थालिएको दाबी गरे। उनले भने– ‘अब आइतबारदेखि नै अनुसन्धान टोली फिल्डमा पठाएर कारबाही प्रक्रिया थाल्छौं। ’

महानिर्देशक पौडेलका अनुसार विभागले सार्वजनिक सूचना नै जारी गर्दै वीरगञ्ज भन्सारमा अवैध रूपमा राखिएका मालसामानको स्वघोषणा गरी प्रक्रियामा आउन दिएको सात दिनको समय सकिइसकेको छ । ‘हामीले दिएको समय सकियो, अटेर गर्नेमाथि अब कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ पौडेलले भने ।

महानिर्देशक पौडेलले वीरगञ्ज भन्सारमा ठुलो परिमाणमा तस्करीको सामानहरू रहेको जानकारी आए पनि ती सामानहरू के कति परिमाणमा छन् भन्ने सम्बन्धमा यकिन नभएको बताए । वीरगञ्जलगायत देशका अन्य विभिन्न भन्सार नाकाबाट अर्बौं मूल्यका सामग्रीहरू राजस्व छलेर बाहिर निकाल्न खोजिएको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP