सोमबार , बैसाख १५, २०८२

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रिया अघि बढेको छ । नेपाल कम्प्याक्टको व्यवस्थापकीय निकाय एमसिए नेपालका अनुसार त्यसका लागि नेपाल सरकारको अर्थ मन्त्रालय, एसमसिसी र एमसिएले आपसी समन्वयमा खरिद प्रक्रिया अघि बढाएको हो ।

खरिद प्रक्रियाको पहिलो चरणको बोलपत्र आह्वान अन्तर्गत गत भदौ महिनामा परेका प्रस्तावमा अनुमानित बजेटभन्दा धेरै बढी भएपछि सबै बोलपत्रको प्रस्ताव अस्वीकृत गरिएको थियो । सम्झौता अनुसार स्रोतसाधनले देशलाई अधिकतम लाभ पुग्ने गरी परिचालन गर्नका लागि अर्को बोलपत्र आह्वानको तयारी गरिएको एमसिए नेपालले जनाएको छ । विद्युत् प्रसारण आयोजनाको कार्यान्वयन छिटो गर्नुपर्ने भएकाले त्यसका लागि आन्तरिक पहल जारी रहेको जनाइएको छ । फेरि बोलपत्र आह्वान गरेर पनि तोकिएको पाँच वर्षको अवधिमै काम सक्याउने गरी तयारी भएको एमसिए नेपालले शुक्रबार वक्तव्यमार्फत प्रस्ट पारेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP