सोमबार , बैसाख १५, २०८२

काठमाडौँ । मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन गरेका छन् ।नियामक निकाय नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बिमा कम्पनीहरूको कात्तिकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सङ्कलित बिमा शुल्कभन्दा २३ करोड १२ लाख ६८ हजार रुपियाँ कम अर्थात् ९.१९ प्रतिशत कम बिमा शुल्क उठेको हो ।

यो बिमा शुल्क सङ्कलन चालु आवकै असोजको तुलनामा पनि एक अर्ब सात करोड रुपियाँ अर्थात् ३२।०१ प्रतिशतले कमी हो । असोज महिनामा निर्जीवन बिमा कम्पनीहरूले तीन अर्ब ३६ करोड छ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए ।

कम्पनीहरूको बिमाङ्क रकममा पनि उच्च गिरावट आएको छ । कात्तिकमा कम्पनीहरूको बिमाङ्क रकम पाँच खर्ब ४८ अर्ब ८९ करोड ६० लाख रुपियाँ रहेको छ ।जुन अघिल्लो महिनाकै तुलना गरेर हेर्दा झन्डै चार खर्बले कमी हो । अघिल्लो महिना नौ खर्ब २९ अर्ब ६९ करोड सात लाख रुपियाँ रहेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP