मंगलबार , बैसाख २९, २०८३

यदि, सबै कुरा मिलेको भए हलमा बिष्फोटक व्यापार गरिरहेको फिल्म ‘एनिमल’मा विश्व भरका दर्शकले नेपाली नायक विपिन कार्कीको पनि अभिनय हेर्न पाउने थिए ।

तर, यही फिल्मका लागि ६ पटक मुम्बई पुगेका विपिन अन्तिममा फिल्ममा समावेश भएनन् ।

यतिबेला फिल्म हलमा बम्पर चलिरहेको समयमा धेरै दर्शकलाई विपिनलाई कुन भूमिकाका लागि अफर गरिएको थियो भन्ने चासो समेत बढेको छ ।

यो विषयमा मेरो फिल्मसँग कुरा गर्दै विपिनले आफूलाई बबी देवलको भाइको भूमिकाका लागि अफर आएको बताए । उनले भने–‘मैले कथा पढ्दाको समयमा बबी देवलको भूमिका केही फरक थियो । अहिले परिमार्जित भएको छ भन्ने सुनेको छु । तर, मलाई बबी देवलको भाइको भूमिकाका लागि अफर आएको थियो ।’

विपिनलाई बबी देवलको ‘ट्रान्सलेटर’को रुपमा अभिनय गर्ने पात्रका लागि अफर आएको थियो । फिल्म ‘सेल्फी किङ्ग’ हेरेपछि सन्दीप रेड्डीले विपिनलाई यो भूमिकामा अफर गरेका थिए ।

यो फिल्ममा बबी देवलको ‘ट्रान्सलेटर’को रुपमा देखिएका पात्रको भूमिकामा अभिनय गरेको भए विपिन राम्रैसँग दर्शक माझ छाप छोड्न सफल हुन्थे । किनकी, फिल्ममा भूमिका लामो नभए पनि प्रभावकारी हुने पक्का थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP