मंगलबार , भाद्र १६, २०८३

काठमाडाैं /  कैलाली र धादिङबाट तीनजनालाई लागूऔषधसहित पक्राउ गरिएकाे छ ।  कैलालीकाे गोदावरी नगरपालिका-१ बरपिपल गल्लीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ५० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश कट्टेल र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय प्रहलाद खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धादिङकाे गजुरी गाउँपालिका-२ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित नुवाकोट तारकेश्वर गाउँपालिका-२ बस्ने २१ वर्षीय धिरज बराल मगरलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले उनलाई चामलको बोराभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP