मंगलबार , बैसाख १६, २०८२

काठमाडौं । मूल्यमा  कुरा  नमिलेका  कारण  भारतबाट  खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी  आयातको  अनुमति  पाएको  खाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनीले  सहुलियतको  चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए । सरकारले  खाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना  बनाएर  सो  चिनी  नेपाल  आयात  नगर्दा  अहिले समस्या बल्झिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता  गजेन्द्रकुमार  ठाकुरले  भारतबाट  चिनी  तत्काल नल्याउने बताउनुुभयो । चिनीको सिजन सुरु हुँदा पनि भारतमा चिनीको भाउ महँगो रहेकाले तत्काल चिनी ल्याएर बिव्रmी गर्न नसकिने उनको भनाइ छ । प्रवक्ता ठाकुरका अनुसार भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ ।

“त्यो चिनी खरिद गरी  भन्सार  तिरेर  नेपाल  ल्याउँदा  उपभोक्ताले  प्रतिकेजी एक सयभन्दा माथि तिर्नुपर्छ । भारतबाट ल्याउने  भनेको  चिनी  अहिले  तत्काल  नआउने  लगभग निश्चित भएको छ । आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उनले थप्नुुभयो ।

गएको भदौदेखि हुँदै आएको चिनीको अभाव झनै  चुलिएको  छ  ।  साल्ट  टे«डिङ  कर्पोरेसनले  आफ्ना बिव्रmी केन्द्रबाट प्रतिकेजी ११७ रुपियाँमा प्रत्येक उपभोक्तालाई दुुई केजीका दरले बिव्रmी गर्दै आएको छ । बजारमा चिनी फाट्टफुट्ट रूपमा पाइए पनि एक केजी १२५ रुपियाँमा किन्नुपर्छ । सरकारले चिनीको आपूर्ति व्यवस्थामा ध्यान दिएर प्रभावकारी हस्तक्षेप  नगर्दा  उपभोक्ता  अभावको  मारमा  परेका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP