मंगलबार , भाद्र १६, २०८३

काठमाडौं ।   संसदको सार्वजनिक लेखा समितिले एनसेलको शेयर बिक्री प्रकरणमा ग म्भीर चासो देखाएको छ । नियामक निकायहरु आफैँ अनविज्ञ रहेको अवस्थामा लेखा समितिले यसमा हात हालेको हो ।

एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जियटा कम्पनीले नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई बिक्री गरेको सन्दर्भमा लेखा समितिले चासो जनाउँदै विभिन्न निकायसँग जानकारी मागेको हो ।

लेखा समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणसँग शेयर बिक्रीका सन्दर्भमा जानकारी उपलब्ध गराउन पत्राचार गरेको हो। सात वर्षअघि स्विडेनको टेलिया सोनेराले एनसेलको ८० प्रतिशत शेयर आजियाटालाई एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा बेचेको थियो ।
तर एक्जियटाले अहिले स्पेक्ट्रेलाइटलाई खरिद गरेको भन्दा ९६.३४ प्रतिशतले घटाएर पाँच करोड अमेरिकी डलर अर्थात् ६ अबै रुपैयाँ मात्रै बिक्री गरेको छ। बिक्री सम्झौतमा ६ महिनाभित्र ५० लाख अमेरिकी डलर र बाँकी चार करोड ५० लाख अमेरिकी डलर आउँदो चार वर्षभित्र चुक्ता गर्ने उल्लेख छ। र, सन् २०२९ सम्मको नाफा पनि आजियाटाले नै पाउने खरिद बिक्री सम्झौतामा उल्लेख गरेको सार्वजनिक भएको छ।

एनसेलको शेयर खरिद बिक्री अपत्यारिलो मूल्यमा भएपछि राज्यका निकायहरुमा तरंग पैदा भएको छ। अर्बौँ पुँजीगत लाभकर छल्न र ६ वर्षपछि एनसेनलको स्वामित्व सरकारीकरण हुन रोक्नका लागि अपत्यारिलो खरिद बिक्री भएको दाबी जानकारहरुले गरिरहेका बेला संसदको शक्तिशाली  समितिले यो प्रकरणम हात हालेको छ।

सात वर्षअघि टेलियासोनेराले र आजियाटाको कारोबार हुँदा पनि लाभकर उठाउन लेखा समितिले काम गरेको थियो। त्यसको पुँजीगत लाभकर बिक्रेता टेलियासोनेराले तिर्नुपर्ने भए पनि त्यो कम्पनी भागेपछि आजियाटाबाटै उक्त कर उठाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP