मंगलबार , भाद्र १६, २०८३

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्दै देशलाई प्रतिगमनतिर लैजान खोज्नेहरु देशद्रोही भएको टिप्पणी गरेका छन् ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राजवादीहरुमाथि हमला गरेका हुन ।  उनले अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्रभन्दा पञ्चायत नै ठीक भन्दै भ्रम छरेको बताए ।
ओलीले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने तत्त्व, जनताको हित नचाहने देशद्रोही भएको बताए ।

‘कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रविरोधी हो । त्यो जनतालाई सधैं गरिब राख्न खोज्ने कुरा हो ।’ ओलीले भने, आज लोकतान्त्रिक गणतन्त्रको कसैले विरोध गर्छ भने त्यो नेपाल र नेपालीको हितविपरीत सोचिरहेको छ ।’

उनले अहिलेको गठबन्धन सरकारको कारणले देश विकासमा गति लिन नसकेको दाबी गरे । एमालेलाई सरकारबाट हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छाएको उनको भनाइ छ ।एमाले सरकारमा हुँदा गरिबी कम भएको र रोजगारी बढेको उनले जिकिर गरे । गठबन्धनका कारण देशको विकास रोकिँदा केही व्यक्तिहरुले पञ्चायत नै ठीक थियो भन्ने गरेको ओलीको भनाइ थियो ।

उनले एमालेका बारेमा विभिन्न भ्रमहरु फैलाएको हुनसक्ने हुँदा यी कुराहरुमा होस पुर्याउन आग्रह गरे ।अध्यक्ष ओेलीले भने, ‘एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छायो अहिलेको गठबन्धनको सरकारले गर्दा देशमा गरिबी र महँगी बढ्नुका साथै देश विकासमा पनि ढिलाइ भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP