मंगलबार , बैसाख १६, २०८२

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले आइतबार उम्मेदवारी मनोनयनसहितको तालिका सार्वजनिक गरेको हो।

जस अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनयन दर्ता हुने आयोगले जानकारी दिएको छ । मनोनय दर्ता पश्चात उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुनेछ।
मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ। सोही दिन दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने काम हुने आयोगले जनाएको छ। पुस २८ गते १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगले जनाएको छ।

माघ ११ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP