मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । दोलखामा बरामद ११ किलो सुन तस्करी प्रकरणका ९ अभियुक्तलाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनामा राख्न अदालतले आदेश दिएको छ।

यस्तै घटनामा संलग्न आरोप लागेका महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन जिल्ला अदालत दोलखाले आदेश दिएको छ।

प्रहरीले दोलखाको बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र लामाबगरबाट ४ किलो गरी ११ किलो सुन बरामद गरेको थियो। सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। अनुसन्धानका क्रममा तस्करहरूले चिनियाँ नागरिकसँग मिलेर चीनबाट दोलखाको बाटो हुँदै सुन तस्करी गरेको पत्ता लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP