मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका कार्यकर्तालाई पुराना दलका कार्यकर्तालाई ‘झोले’ भन्थे र अहिले पनि ‘झोले’ भनेर बेला बेला आलोचना पनि गर्छन । तर यसपटक पार्टीको बैठकमा सभापति लामिछानेले पुराना दलका कार्यकर्ताको प्रशंसा गरेका छन् । त्यतिमात्रै होईन, उनीहरुबाट सिक्नुपर्ने विषय पनि उनल् उठाएका छन् ।

‘गत महिना म रोल्पाको थवाङ पुग्दा सशस्त्र युद्धमा सहभागी भएकाहरू भन्दै थिए – त्यसबेला “आजको लडाइमा सहिद हुने पालो मेरो हो” भनेर सहिद हुन हानथाप र झगडा हुन्थ्यो रे १ सशस्त्र विद्रोहका नेतृत्वकर्ताको नियतमा शंका नै शंका छ तर तिनको एक आदेशमा ज्यान गुमाउने सहिदको नियतमा रत्तिभर शंका छैन । ती सबै जना, यो देश बन्छ भनेर गोली थाप्न तयार भएका हुन् । परिवर्तनका लागि हाँसी हाँसी गोली थाप्न तयार हुने, वर्षौं जेलनेल भोग्न तयार हुने तहको प्रशिक्षण एक अध्ययनको विषय हो ।’ रविको राजनीतिक प्रतिवेदनमा छ ।
पुराना राजनीतिक दलका कार्यकर्ताको यो प्रसंग उठाउनुका पछाडि उनले अहिले आफ्नो पार्टीमा त्याग भन्दा  पनि प्राप्तिको भावना बढ्दै गएकोतर्फ संकेत गरेका छन् ।

‘३० औं वर्ष पञ्चायत विरुद्ध लड्दा उनीहरूलाई थाहा थिएन कि परिवर्तन आउँछ कि आउँदैन । तर विद्रोह अनवरत गरिरहे । १० औं वर्ष हतियार बोकेर लुकि लुकि हिंड्दा उनीहरूलाई थाहा थिएन कि परिवर्तन आउँछ कि आउँदैन । तर विद्रोह अनवरत गरिरहे । हामीलाई त स्पष्ट थाहा छ कि ४ वर्ष पदको लोभ र उम्मेदवार आफैं हुने दौड त्याग गर्यो भने ८४ मै परिवर्तन आउँछ । मात्र ४ वर्ष त्याग गर्दा परिवर्तन सुनिश्चित हुने थाहा पाउँदा पनि हाम्रो पुस्ता कतै मै हुन्छु, मै लिन्छु भनिरहेको त छैन रु परिवर्तनको सुनिश्चतता हुँदा हुँदैपनि हामी असल साथी खोज्दै हिंड्नुको साटो दौडेर आफैं पद ओगट्ने दौडमा त छैनौं रु यदि छौं भने हामी जति दौडे पनि आफ्नै गोडामा अल्झिएर लड्छौं । नेपाली जनताले एक युग कुरेर गरेको विश्वास र परिवर्तनको आशा डगमगाउन कदापि दिनु हुँदैन। यो महाअभियान जोगाउन कुनै पनि किसिमको त्याग गर्नु परे पहिलो नम्बरमा मेरो नाम दर्ज गराउन चाहन्छु । आवश्यक परे पहिला म गर्छु पद त्याग, म गर्छु उम्मेदवारी त्याग।’ उनको प्रतिवेदनमा लेखिएको छ ।

रविले आफ्ना कार्यकर्तामा पुराना दलका कार्यकर्तामा जस्तो दृढ संकल्प र राजनीतिक इमानदारिता खोजेका छन् । उनी आफ्नो प्रतिवेदनमा लेख्छन, ‘अहिले गोली खानुपर्ने, सहिद नै हुनुपर्ने परिस्थिति छैन । तर, त्यस्तै दृढ संकल्प र इमानपूर्वक राजनीतिक अभियानमा लाग्न सक्ने गरी प्रशिक्षित चाहिँ हुन जरुरी छ । हामी पार्टी स्थापनाको उद्देश्यमा प्रष्ट छौं । हिंड्ने बाटो र पुग्ने गन्तव्य प्रष्ट छ । गर्ने काम सूचीबद्ध छन् । पार्टी संरचना र संगठन विस्तार पनि सुदृढ हुँदैछ । मात्रै हामीमा इच्छाशक्ति र धैर्यताको आवश्यकता छ ।हामी बलियो र परिपक्व बन्दैछौं । फेरि पनि भन्छु हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्ने हो । बाह्य शक्ति र स्वार्थले अब हामीलाई लडाउन सक्दैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP