मंगलबार , बैसाख १६, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख भारतीय रूपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

बिसतारा एयरको उडानबाट दिल्ली जान लागेका ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पंकज गुप्ता बिहीबार दिउँसो विमानस्थलबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय नक्शालले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्याग चेकिङ एरियामा  उनीहरुबाट भारतीय रुपैयाँ बरामद भएको हो ।

प्रहरीका अनुसार धर्मेद्र नागरको साथबाट ५ सय दरका ७५७ थान, दुई सय दरका २३० थान र १ सय दरका ६७० थान गरी जम्मा ४ लाख ९१ हजार ५०० भारतीय रुपैयाँ बरामद भएको छ । यसैगरी पंकज गुप्ताको साथबाट ५ सय दरका ६१७ थान गरी ३ लाख ८ हजार ५०० भारतीय रूपैयाँ बरामद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP