मंगलबार , बैसाख २९, २०८३

काठमाडौं  । नेपालले आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिज आगामी फागुनमा घरेलु मैदानमै खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच आगामी फागुन ५ देखी (फेब्रुअरी १७) देखी सुरु हुने जानकारी दिएको हो ।  नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ।

यसपटक देखि नेदरल्यान्ड्सले पनि लिग–२ नै खेल्नेछ । नेदरल्यान्ड्सले २०१९ देखी २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग २ मा झारेको हो ।

२०२७ सम्म चल्ने लिग–२ मा नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । त्रिकोणात्मक सिरिजको रुपमा खेल्नेछन् । नेपालले सबै देशसँग भ्रमण गर्नेछ ।  यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेर जिम्बावेमा विश्वकप छनोट खेलेको थियो । यसअघिको लिग २ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए । यो लिग–२ पनि २०२७ को विश्वकप छनोटको चरण हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP