मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छिन् । अदितीले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्बिर र भिडियो सेयर गरेर दुःख दिने काम भएपछि आपत्ति जनाएकी हुन् । अदितीले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट सयर गरेर आफूलाई दुःख दिने काम भइरहेको बताइन् ।

उनले सामाजिक सञ्जालमा एआईका तस्वीर व्यापक सेयर भएपछि फ्यानहरुलाई यसको जानकारी दिदैँ आफ्नो आधिकारिक पेजलाई मात्र आधार मान्न समेत आग्रह गरेकी छिन् । अदितिले आफूलाई यस्तो गलत कार्यको विरुद्धमा साथ दिन आफ्नो २० लाख भन्दा बढी इन्स्टाग्रामका फलोअर्ससँग आग्रह पनि गरेकी छिन् ।

अदितीले लेखेकी छिन्, ‘अरु मानिसहरूलाई खसाल्न केही मान्छेहरूले गरेको प्रयास देख्दा मलाई निकै दुख लागेको छ । लामो समयदेखि मैले यस्तो हर्कत र प्रयासको सामना गरिरहेको छु । मैले यसलाई रोक्ने प्रयास पनि गरिरहेकी छु । नक्कली स्न्यापच्याट आइडीबाट यस्तो काम भइरहेको छ । साथै, एआई र अरू गलत भिडियोको माध्यमबाट मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ ।’

पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर बनाइएका भिडियो र तस्वीर सेयर गर्ने क्रम बढेको छ । यसको मारमा नाम चलेका बलिउड अभिनेत्रीहरु रश्मिका मन्दाना, आलिया भट्ट र काजोल एआईद्वारा निर्मित डीप–फेक भिडियोको सिकार बनिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP