मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । इजरायलले गाजामा थप दुई दिन युद्धविराम लम्ब्याएको छ।

पहिलो चरणको चार दिने युद्धविराम सोमबार सकिएलगत्तै हमास र इसराइलबीच गाजामा थप दुई दिन युद्धविराम गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सहमतिअनुसार यी दुई दिनको अवधिमा हमासले प्रत्येक दिन कम्तिमा १०–१० जना बन्धकमुक्त गर्नेछन्। इजयरायलले पनि आफ्नो जेलमा रहेका प्यालेस्टिनी  कैदीलाई छोड्ने छ।पहिलो चरणको युद्धविरामको चार दिनमा हमासले ६९ बन्धकलाई छाडिसकेको सिएनएनले जनाएको छ । त्यसको बदलामा इजरायलले पनि १५० प्यालेस्टिनीन कैदीलाई जेलमुक्त गरेको छ।
इजयरायलले सोमबार ११ बन्धक मुक्त गरेको थियो। इजयरायलले ३३ कैदीबन्दीलाई जेलमुक्त गरेको छ।
सोमबार हमासले विदेशी नागरिकलाई बन्धक मुक्त गरेको छ। जसमा ३ जना फ्रान्सका, २ जना जर्मनका र ६ जना अर्जेन्टिनाका नागरिक रहेको कतारको विदेश मन्त्रालयका प्रवक्ता मजिब अल अन्सारीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

यसअघि बन्धकमुक्त हुनेमा इजयरायलसँगै थाइल्याण्ड, फिलिपिन्स र अमेरिका  (आइतबार ४ वर्षीय बालक ) लाई छाडेको छ।हमासले अक्टोबर ७ मा इजयरायलमाथि आक्रमण गरी त्यहाँबाट इसराइलीसहित २६ देशका २४९ जनालाई बन्धक बनाइ गजा पुर्‍याएको थियो।

हमासले बन्धक बनाएकोमा नेपालका विपिन जोशी पनि छन्। उनी दोस्रो चरणमा छुट्ने परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP