मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठकमा संसदीय फाँटमा आफ्ना सबल र दुर्बल पक्षको समीक्षा गरेको छ ।  महोत्तरीको जलेश्वरमा मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारले सवल र दुर्बल पक्ष समेटेर  संसदीय कामको प्रतिवेदन पेश गरेका हुन् ।

संसदीय फाँटमा पार्टी पाँच वटा क्षेत्रमा सबल रहेको प्रमुख सचेतक परियारको ठहर छ ।  प्रतिवेदनमा संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति अध्ययन  र अनुसन्धानमा आधारित रहेको , सांसदहरूले विषयवस्तुमाथिको गहिरो अध्ययन गर्ने गरेको र  सांसदहरूमा भाषाको पकड रहनुका साथै प्रविधिमैत्री पनि रहेको उल्लेख छ ।  तर केही कमजोरी रहेको पनि उनले औंल्याएका छन् ।
सांसदहरूबिच सामूहिक कार्यको अभाव, सांसदबीच अनावश्यक प्रतिस्पर्धा, व्यक्ति केन्द्रीत प्रस्तुति, प्रचारमुखी चरित्र राजनीतिक बुझाइमा कमी र वैचारिक अस्पष्टता देखिएको प्रतिवेदनमा उल्लेख छ । पार्टीका सांसदहरू दलीय व्यवस्थामा दलको भूमिका बुझ्न नचाहेको पनि विश्लेषण गरिएको छ । सभापति रवि लामिछानेको नागरिकता प्रकरण  सामान्य त्रुटि भएपनि राजनीतिक पार्टीहरूले घेराबन्दी गरेर ठुलो मुद्दा बनाएर पार्टीमाथि आक्रमण गरिएको तर्क गरिएको छ ।

गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा प्रतिष्ठित अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेको आगमनले पार्टीलाई थप उचाइमा पुर्‍याउन सकारात्मक भूमिका खेल्यो प्रतिवेदनमा लेखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP