
काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा दुई शिशुको शव फेला परेको छ।
मारेर फोहोरमा फालिएको अवस्थामा नवजात शिशुका दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मलंगवा नगरपालिका–९ मा रहेको सार्वजनिक सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा आइतबार दुई शिशुको शव फेला परेको हो ।
अन्दाजी ७ महिना जतिका ती जुम्ल्याहा शिशु गर्भपतन गरेर फालिएको हुनसक्ने आशंका प्रहरीले जनाएको छ।
स्थानीय कुनै क्लिनिकमा गएर शल्यक्रिया गरी ती शिशु फालेको आशंकामा अनुसन्धान अघि बढाइएको छ । बाटो हिँड्नेले फोहोरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।