बुधबार , बैसाख १७, २०८२

काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् ।

राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु(याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् । पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिएपछि आफूहरूलाई अर्कै कम्पनीमा सप्लाइका रूपमा काममा लगाएको भए पनि समयमा तलब नपाएको उनीहरूको गुनासो छ ।

त्यहाँ कार्यरत हरि गिरीका अनुसार अझै पनि सो कम्पनीले नेपालबाट कामदार लगिरहेका छन् र केहीलाई राम्रो काम दिएका पनि छन् । ‘तर, हामीलाई भने बेवास्ताा गरिएको छ, घर जान्छु भन्दा कम्पनीले १० हजार साउदी रियाल तिरे मात्र फर्कन दिने भन्ने गरेको छ,’ उनले भने ।

‘हामी यहाँ आएको करिब चार महिना भयो, दुई महिनाको तलब पाउनै बाँकी छ, हामी १०–१५ जना जति छौं यो फ्याक्ट्रीमा काम गर्ने,’ उनले राजधानीसँग भने, ‘हामीले आफ्नै पैसाले टिकट काटेर भए पनि नेपाल फर्किने भनेका छौं, तर कम्पनीले १० हजार रियाल माग्छ, त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु रु रियादस्थित नेपाली दूतावासमा पनि पटकपटक सम्पर्क गरियो, समस्याको सुनवाइ भएन, अब हामीले के गर्ने रु उद्धारमा आवश्यक सहयोग गरिदिनु प¥यो, कुनै राम्रो रोजगारदाता कम्पनी भेटिए पनि जाने थियौं ।’

पीडितले मेनपावरलाई आफूहरूलाई सम्झौताअनुसारको काम र तलब दिलाउन नसक्ने भए नेपाल फर्काउन आग्रह गर्दा कुनै वास्ता नगरेको बताएका छन् । आफूहरू एक महिनादेखि कामविहीन भएर बस्दा पनि मेनपावरले कुनै सुनवाइ नगरेको उनीहरूले बताएका छन् । मेनपावरले बेवास्ता गरेपछि उनीहरूका आफन्तमार्फत् वैदेशिक रोजगार विभागमा उद्धारका लागि निवेदन दिएको तर सुनवाइ नभएको उनीहरूले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP