मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गरे ।
‘प्रश्न हाम्रो व्यवस्थामा उठेको होइन, प्रश्न हाम्रो काम गर्ने प्रक्रियामा, शैलीमा, सुशासनको सन्दर्भमा हामीले गर्नुपर्ने समयले माग गरेअनुसारको राज्य सञ्चालनमा सबै तहका प्रदेश, संघ, स्थानीय सरकार सञ्चालनका क्रममा सुशासनको, जनताको चाहनाअनुसारको अपेक्षालाई हामीले केन्दबिन्दुमा राखेर तीब्र गतिमा गर्नुपर्ने सुधारहरुमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ । अहिले भएका गतिविधिले हामीलाई त्यसतर्फ बढी केन्द्रित गराउन प्रेरित गरेको छ ।’  उनले भने ।

समयले माग गरेअनुसारको काम गर्न नसक्दा प्रश्न उठेको उनको भनाइ छ। संघ, प्रदेश र स्थानीय सरकार सञ्चलनका क्रममा सुशासन र जनताको चाहनाअनुसारको अपेक्षालाई केन्दबिन्दुमा राखेर तीब्र गतिमा गर्नुपर्ने सुधारहरु ध्यान केन्दित गर्न जरुरी रहेको बताए । उपप्रधानमन्त्री खड्काले नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजमा नकारात्मक रुपमा प्रभाव पारेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP