मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले ढिलै भए पनि आंशिक न्याय पाएको प्रतिक्रिया दिएका छन्।

काठमाडौँ । जिल्ला अदालतले उनीमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैद गरी २८ लाख क्षतिपूर्ति भराउने फैसला गरेपछि उपप्राध्यापक चलाउनेले यो प्रतिक्रिया दिएका हुन्। उपप्राध्यापक चलाउनेले आफूलाई साथ दिने सबैप्रति आभार व्यक्त गर्दै यो ऋण आफूजस्तै अन्यायमा परेकाहरूका निम्ति लडेर तिर्ने वाचा पनि गरेका छन्।

उनले न्यायको संघर्षका क्रममा साथ दिने अधिवक्ता, अभियन्ता, सञ्चारजगत्, प्राज्ञिक जगत सबैलाई धन्यवाद दिँदै यसबारे सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका हुन् ।  ‘ढिलै भए पनि मैले आंशिक न्याय पाएको छु। यो म एक्लैले केही गर्न सक्दैनथेँ। धेरैजना मित्रहरू यो उपलब्धिका असली हकदार हुनुहुन्छ । प्रिय पत्रकार साथीहरू, मेरा अधिवक्ता मित्रहरू, सडक संघर्षमा होमिने साथीहरू, माइतीघर मोर्चा, प्राज्ञिक जगत्, मेरा सहकर्मी मित्रहरू, प्यारा विद्यार्थी, देश विदेशबाट उठेको सामाजिक सञ्जाल, आम न्यायप्रेमी जनसमुदाय, संसदमा आवाज बुलन्द पार्ने सांसद मलाई साथ दिन आउनुभयो।’ उनले लेखेका छन् ।

कानुनमन्त्री धनराज गुरुङलगायत केही कांग्रेस नेतामाथि भने उनले अपराधी जोगाउन लागेको र त्यसका लागि अदालतमाथि नांगो हस्तक्षेप गरेको आरोप लगाएका छन्।

‘देशको कानुनमन्त्रीलगायत केही कांग्रेसी नेता अपराधी जोगाउन अदालतमाथि नांगो हस्तक्षेप गरिरहेका थिए र त्यसको पवित्रतामाथि प्रहार गरिरहेका थिए, उनीहरू नांगै थिए,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘न्यायलयभित्र मेरा अधिवक्ता, सरकारी वकिल, बाहिर खुला इजलासमा पत्रकार मित्रहरू मेरा निम्ति सत्य र न्यायको दूत बन्नुभयो र न्यायको बहस पैरवी गर्नुभयो। तपाईँहरूले गर्दा केही हदसम्म अँध्यारोमाथि उज्यालो, असत्य र अन्यायमाथि सत्य र न्यायको जित भएको छ।’

न्यायमूर्तिले पनि अदालतको शाख र गरिमा जोगाएको उनको टिप्पणी छ । कसैको वकिल बन्न पाउनु धर्म भएपनि  संस्थागतरूपमा कानुन व्यवसायीका केही संगठन र तिनका पदाधिकारीको भूमिकाप्रति उनले असन्तुष्टि व्यक्त गर्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘संस्थागत रूपमा डीएलए, जिल्ला बार वा नेपाल बारको गरिमामय पदमा आसीन व्यक्तित्व पार्टी वा कुनै  भ्रातृ संगठनको भेषमा खुलेआम अपराध गर्ने गुण्डा जोगाउन आउने कुरा हाम्रो अहिलेको समयको सबैभन्दा ठूलो दुःखान्त हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP