मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विजुली भारत निर्यात गरेको छ ।  चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा प्राधिकरणले १२ अर्ब ५० करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरेको हो ।

अघिल्लो आर्थिक वर्षको  सोही अवधिको तुलनामा यस वर्ष प्राधिकरणले ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ बढीको विद्युत् बेचेको छ ।

प्राधिकरणले गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP