मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।  आर्थिक मन्दीका कारण नेपालको वैदेशिक व्यापारमा निरन्तर घट्दै गएको छ ।  भन्सार विभागले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को चार महिनाको तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा कमी आएको छ । आयात मात्रै २० अर्ब रुपैयाँभन्दा धेरैेले घटेको छ
साउनदेखि कात्तिकसम्म पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ ।  गएको वर्षको चार महिनामा नेपालले पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँको वस्तु आयात गरेको थियाे ।

यस्तै चार महिनामा नेपालले ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गएको वर्षको तुलनामा यो चार अर्ब २० करोड रुपैयाँले कम हो । चार महिनामा नेपालले चार खर्ब ६१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ । यो गएको वर्षको चार महिनाको तुलनामा झन्डै एक खर्ब रुपैयाँले कमी हो । कात्तिक महिनामा पछिल्लो चार वर्षयताकै कम आयात भएको छ । कात्तिक महिनामा एक खर्ब चार अर्ब ७४ करोड ४५ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो ५० महिनापछि सबैभन्दा कम आयात हो ।

आर्थिक वर्ष २०७७–७८ मा ९३ अर्ब तीन करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएकोमा त्यसपछिका वर्षमा मासिक डेढ खर्ब रुपैयाँको हाराहारीमा आयात हुँदै आएको थियो । गएको वर्ष सरकारले आयातमा कडाइ गर्दासमेत कात्तिकमा एक खर्ब ३० अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो ।

सरकारले अर्थतन्त्रका मुख्य सूचकहरू राम्रो रहेको दाबी गर्दै आएपनि आन्तरिक अर्थतन्त्रमा भने मन्दी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP