मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेपाली चलचित्र निर्माताले अब हलमा फिल्म प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउने भएका छन् । चलचित्र संघ र चलचित्र निर्माता संघबीच बिहीबार यस्तो सम्झौता भएको हो ।

चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र रिलिज भएपछि निर्माताहरूले पाउने सेयर रकममा असन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको विद्रोहपछि भएको वार्तामा सहमति जुटेको हो।

निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार अब ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति भएको हो। उनका अनुसार अब निर्माताह–ले फिल्म रिलिज गरेबापत सधैं ५० प्रतिशत सेयर पाउनेछन्।

सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका हुन् । सबै स्वदेशी फिल्मले यो सुविधा पाउनेछन् । फिल्म ‘दिमाग खराब’का निर्माताको मागअनुसार दुवै चलचित्रसम्बन्धी संस्थाका वार्ता टोलीले लामो समयदेखि थाँती रहेको सेयर बाँडफाँटको मुद्दामा वार्ता गर्दै आइरहेका थिए । मंगलबार र बुधबार दुई दिन चलेको वार्तापछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेका थिए ।
सहमतिलाई दुवै संस्थाले संयुक्त प्रेस विज्ञप्तिमार्फत औपचारिक जानकारी दिने तयारी गरिरहेका छन् । सेयर बाँडफाँट मात्र नभएर अन्य महत्वपूर्ण मुद्दामा समेत सहमति भएको निर्माता संघका अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP