मंगलबार , असार ३, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने प्रदर्शनको अनुगमन गर्ने भएको छ ।

मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न आग्रह गर्दै स्वतन्त्र कानून व्यवसायी मञ्चले मानव अधिकार आयोगलाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेपछि मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अनुमगन गर्ने बताएका हुन् ।‘मानव अधिकार आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवद्र्धन, प्रवद्र्धन हामी गर्नेछौं,’ मगरले भने, ‘जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ ।’

कुनै कुनै किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने उनले बताए । अध्यक्ष मगरले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु नहुनेमा जोड दिए ।

‘कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । त्यो अनुसार हामी अघि बढ्नुपर्छ,’ उनले भने, ‘कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौं ।’ विहीवारको प्रदर्शनलाई ख्याल गर्दै सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ ।  दुर्गा प्रसाइँले बल्खु र एमालेको युवा संघले तीनकुनेमा कार्यक्रम गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP
सोमंबुबिशु