मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने प्रदर्शनको अनुगमन गर्ने भएको छ ।

मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न आग्रह गर्दै स्वतन्त्र कानून व्यवसायी मञ्चले मानव अधिकार आयोगलाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेपछि मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अनुमगन गर्ने बताएका हुन् ।‘मानव अधिकार आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवद्र्धन, प्रवद्र्धन हामी गर्नेछौं,’ मगरले भने, ‘जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ ।’

कुनै कुनै किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने उनले बताए । अध्यक्ष मगरले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु नहुनेमा जोड दिए ।

‘कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । त्यो अनुसार हामी अघि बढ्नुपर्छ,’ उनले भने, ‘कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौं ।’ विहीवारको प्रदर्शनलाई ख्याल गर्दै सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ ।  दुर्गा प्रसाइँले बल्खु र एमालेको युवा संघले तीनकुनेमा कार्यक्रम गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP