मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । गएराति महिलाहरुलाई दुर्व्यवहार गर्दै सुतेको ठाउँबाट निकालेको विषयमा नेकपा एमालेको युवा संघले औपचारिक रुपमै मुख खोलेको छ । संगठनले विज्ञप्ति निकालेर यसबारे बोलेको हो । अध्यक्ष क्षितिज थेवेले विज्ञप्ति निकालेर राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गर्ने विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठ भएको आशंका गरेका छन् । युवा संघको नाम लिएर व्यवसायी दुर्गा प्रसाईंको अभियानामा सहभागी हुन आएका महिलालाई राति सुतेकै ठाउँबाट लखेटेको  भिडिओ सार्वजनिक भएपछि संगठनले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।

अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मंसिर ७ गते आयोजना गरिने युवा-विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ, घुसपैठबारे हामीले आन्तरिकरूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनैपनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ ।’

राष्ट्रिय युवा संघ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको उनले उल्लेख गरेका छन् । ‘नेपाली जनताको लामो बलिदानी त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरुलाई संगठनले बुलन्द गर्दै आएको छ । यही सन्दर्भमा संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक संजालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयो’, विज्ञप्तिमा भनिएको छ ।उनले भोलि तीनकुनेमा हुने युवा-विद्यार्थी विशेष कार्यकममा सहभागी हुन आह्वानसमेत गरेका छन् ।

yuba-sang-state.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP