बुधबार , बैसाख १७, २०८२

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त वा गम्भीर बिरामी भएका श्रमिकको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ ।

बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालका अनुसार वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ भित्र निवेदन दिन सूचना गरिएको छ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्वप्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) पढ्ने १८ वर्षसम्मका बालबालिकाले उक्त छात्रवृत्ति दाबी गर्न सक्ने छन् ।

बोर्डका अनुसार वार्षिक रूपमा आधारभूत तहका लागि १२ हजार रुपियाँ र माध्यमिक तहका लागि १६ हजार रुपियाँ छात्रवृत्ति पाइने छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रूपमा एकमुस्ट छात्रवृत्ति उपलब्ध गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP