मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायल सम्झौताको नजित पुगेर अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन । हमास नेतालाई उधृत गर्दै  मिडिया रिपोर्ट सार्वजनिक भएका छन् । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ ।
हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मंगलबार बताएका छन् । हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’
उनले एएफपीसँग पनि यसबारे बोलेका छन । “हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ,” एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भनेका छन् ।

इजरायलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर यसअघि थ्याङ्कस गिभिङको एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास सम्झौताको नजिक रहेको संकेत गरेका थिए । इजरायलले आक्रमण रोक्ने र त्यसको बदला हमासले बन्धक बनाएका केहीलाई रिहा गर्नसक्ने बाइडेनको भनाइ थियाे ।मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी (आईसीआरसी) ले यसअघि हमासको बन्धकबाट छुटेकाहरुलाई सहयोग गरेको थियो । हाल आईसीआरसीका प्रमुख हमासका नेताहरुलाई भेट्न कतारमाछन् । त्यसैले पनि इजरायल र हमासबीच छिट्टै कुनै सम्झौता हुनसक्ने सम्भावना देखिएकाे छ ।

यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकु समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।बीबीसीका जेरुसेलम सम्वाददाताले पनि केही लामो युद्धविरामको बदलामा केही बन्धक छुटाउन डिल भइरहेको बताएका छन् ।
समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै पाँच दिने युद्धविरामको तयारी भइरहेको जनाएको छ । त्यसको बदलामा हमास र प्यालेस्टाइनको अर्को एक चरमपन्थी समूह इस्लामिक जिहादले बन्धक बनाएका ५० देखि १०० जनालाई रिहा गर्नसक्नेछ । रिहा हुनेमा इजरायल र अन्य देशका बन्दी हुनेछन् । तर त्यसमा सुरक्षाकर्मीहरु हुने छैनन् ।

गत असोज २० गते हमासले इजरायलमा आक्रमण गर्दा १ हजार ४०० जनाको ज्यान गएको थियो । इजरायलले युद्ध घोषणा गर्दै हमासविरुद्ध हवाई र स्थल कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमणबाट थुप्रै सर्वसाधारणको मृत्यु भएपछि इजरायललाई युद्ध रोक्न दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP