बुधबार , बैसाख १७, २०८२

काठमाडौं । बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन(बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् ।

यसपटक नेपालबाट १०० महिलाको सूचीमा रुक्साना कपाली परेकी हुन् ।बीबीसीले मंगलबार यस वर्ष विश्वभरबाट उत्प्रेरक र प्रभावशाली सय महिलाको सूची सार्वजनिक गरेको हो । कपाली ट्रान्सजेण्डर महिला हुन् । उनी आफूजस्तै महिलाको हकहितमा काम गर्दै आएकी छन् ।उनले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्ने गरेकी छन्।

कानुनकी विद्यार्थी उनी लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि काम गर्छिन्।यसअघि बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा सपना रोका मगर, बोनिता शर्मा, उमादेवी वादीलगायत परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP