
सोमबार हन्ड्रेड ग्रुप्स र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने माग सहित सडकमा उत्रिएका हुन् । उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’लगायतका नारासहित माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरे ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । यहीबीचमा सडकमा प्रदर्शन भएको हो । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि रिट दायर गरिएको हो ।रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ।