बुधबार , बैसाख १७, २०८२

काठमाडौं । जापानलाई ४५ रनले हराउँदै नेपाल चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा तेस्रो भएको छ।

आइतबार हङकङमा तेस्रो स्थानका लागि भएको खेल जितेर नेपालले सिरिज टुंग्याएको छ। नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो।

जापानकी ओपनर अकारी निसिमुराले सर्वाधिक २९ र हिनासी गोटोले १६ रन  जोडिन् । नेपालकी संगीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनी पाख्रिनले समान एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।

ओपनर पूजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन्। रोमा थापा २२ रनमा रन आउट भइन्। रुविना क्षत्री २१ रनमा रन आउट भइन्। कप्तान इन्दु बर्मा १२ रन बनाउँदा क्याच आउट भइन्। ओपनर सीता रानामगर ५ रनमा एलबीडब्लू धरापमा परिन्।

जापानकी एरिका क्विन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक–एक विकेट लिए।
नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। दोस्रो खेलमा घरेलु टोली हङकङसँग ९ विकेटले पराजित हुँदै उपाधि भिडन्तबाट बाहिरिएको थियो। अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP