मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । जापानलाई ४५ रनले हराउँदै नेपाल चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा तेस्रो भएको छ।

आइतबार हङकङमा तेस्रो स्थानका लागि भएको खेल जितेर नेपालले सिरिज टुंग्याएको छ। नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो।

जापानकी ओपनर अकारी निसिमुराले सर्वाधिक २९ र हिनासी गोटोले १६ रन  जोडिन् । नेपालकी संगीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनी पाख्रिनले समान एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।

ओपनर पूजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन्। रोमा थापा २२ रनमा रन आउट भइन्। रुविना क्षत्री २१ रनमा रन आउट भइन्। कप्तान इन्दु बर्मा १२ रन बनाउँदा क्याच आउट भइन्। ओपनर सीता रानामगर ५ रनमा एलबीडब्लू धरापमा परिन्।

जापानकी एरिका क्विन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक–एक विकेट लिए।
नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। दोस्रो खेलमा घरेलु टोली हङकङसँग ९ विकेटले पराजित हुँदै उपाधि भिडन्तबाट बाहिरिएको थियो। अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP