मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण राष्ट्रपतिको रुपमा नभई कांग्रेस बनेर गएको टिप्पणी गरेका छन् । मंसिर ७ गतेको प्रदर्शनको तयारीको सन्दर्भमा शनिबार एमाले मुख्यालय ललितपुरको च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै एमाले ओलीले  राष्ट्रपतिको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् ।

‘राष्ट्रपति किन गएको (जाजरकोट र रुकुम) रु कति मानिस मर्‍यो भन्ने सुन्नु नै भएको थियो । टेलिभिनज हेर्नु नै भएको थियो । कति घर भत्किए भनेर सुन्नुभएको थियो । नेताहरुको भीडले सेना प्रहरीले चाकडी गर्नुपर्ने अवस्थाले समस्या ल्यायो भन्ने पहिलेदेखि नै आएको थियो । अस्पतालमा घाइते हेर्ने नाममा उहाँहरुलाई ब्रिफिङ गर्न आउनु पर्ने अवस्था थियो’ ओलीले भने, ‘उहाँ राष्ट्रपति भएर जानु भएको होइन, कांग्रेस छुट्यो भनेर जानु भएको हो ।’

कात्तिक १७ गतेको जाजरकोट रामीडाँडा केन्द्रविन्दु ६.४ म्याग्निच्युडको भूकम्प जाँदा प्रभावित भएको जाजरकोट र रुकुमको राष्ट्रपति पौडेलले अवलोकन गरेका थिए । त्यसमाथि ओलीले प्रश्न उठाए ।

कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपति पौडेल अलोकतान्त्रिक भएको र पक्षधरता देखाएको बताए । ‘किन भन्दैछु भने घण्टीको यत्रो बिगबिगी भएको समयमा घण्टीलाई भोट दियो भनेर भाषण गर्नुभएको थियो । रुखमा भोट दिएकोमा धन्यवाद दिनुभएको थियो । उहाँको निष्पक्षताको कुरा नै नगरौं । उहाँको सन्दर्भमा थुप्रै कुरा भइसकेको छ,’उनले भने, ‘एक वर्ष नपुग्दै राष्ट्रपतिले अलोकतान्त्रिक पक्षधरता भेद्भावपूर्ण व्यवहार देखाइसक्नुभएको छ । संविधानको मतलब छैन सुरुदेखि नै । संविधानअनुसार सरकार र देश चल्नु पर्ने र संविधानअनुसार राष्ट्रपति चल्नु पर्ने, संविधानअनुसार प्रधानमन्त्री चल्नु पर्ने, संविधानअनुसार राज्यका निकाय चल्नु पर्नेमा संविधान सिध्याउनेतर्फ लाग्नुभएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल पनि प्रधानमन्त्री नभई अध्यक्षको रुपमा रुकुम र जाजरकोट पुगेको बताए ।   प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमको कात्तिक १८ गते भ्रमण गरेका थिए । ‘प्रधानमन्त्री जानुभयो भन्ठानेको थिए माओवादी अध्यक्ष गएका रहेछन् । भोलिपल्ट उपप्रधानमन्त्री जानुभयो होला भनेको माओवादी उपाध्यक्ष जानुभएको रहेछ,’ उनले भने, ‘माओवादीका मन्त्री, सांसद र माओवादीका नेता खाँदेर हेलिकप्टरमा गएका रहेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP