मंगलबार , भाद्र १६, २०८३

कैलाली । धनगढीमा विद्युत सर्ट भएर मध्यरातमा भीषण आगलागी भएको छ । प्रदेश सभा भवन नजिकै आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

विद्युत् सर्ट भएर शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ पसलमा क्षति पुगेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक  देवेन्द्र पालले  जानकारी दिए ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको बताउँदै एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP