बुधबार , बैसाख १७, २०८२

बुटवल । रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट दाङ जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा पल्टिँदा २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।

घाइतेको  देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP