मंगलबार , बैसाख २९, २०८३

बुटवल । रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट दाङ जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा पल्टिँदा २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।

घाइतेको  देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP