बुधबार , बैसाख १०, २०८२

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । तनहुँ जानु अघि विहान प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरुसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् । ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले देशको सुरक्षा अवस्था सामान्य रहेको निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्रीले भने, ‘बिहानमात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ । देशको सुरक्षा अवस्था सामान्य छ ।’ शुक्रबार बिहान तनहुँको आँबुखैरेनीमा आयोजित कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री प्रचण्डले भने ।

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको पनि बताए । जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भइरहेको दोहोर्याउँदै त्यसलाई एकतावद्ध भएर परास्त गरिने समेत बताए ।

‘१२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं । त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं ।’  प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP