मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ।

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानमा तयारीको काम अन्तिम चरणमा पुगेको हो।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ। कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम शुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए। उनले हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताए।

‘टेण्ट हाल्न सुरु भएको छ, शनिबारसम्म काम सकिन्छ। हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ। यस पटक चन्दा बाक्सा पनि राख्दैनौँ। छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौँ। सेलाउने मूर्ति बाहिर नै राख्नेछौँ। आरती र भजन कीर्तन गर्नेछौँ,’ उनले भने।

त्यस्तै, गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए। उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिबारसम्म सकिने पनि बताए।

‘छठको घाट ५०८ देखि ५१० वटा बनाउने निर्णय गरेका छौँ। अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको छ। २० प्रतिशत काम शनिवारसम्म सकिन्छ। कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ। आर्थिक मन्दीले अलि कमी हुने आँकलन गरेका छौँ। तर रसिद काट्नेहरू हेर्दा भरिन्छ जस्तो छ,’ उनले भने।

आर्थिक मन्दीका कारण यस वर्ष छठमा आउनेहरुको संख्या कमी हुने आँकलन गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP