शुक्रबार , जेठ २४, २०८२

काठमाडौं ।काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ।

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानमा तयारीको काम अन्तिम चरणमा पुगेको हो।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ। कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम शुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए। उनले हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताए।

‘टेण्ट हाल्न सुरु भएको छ, शनिबारसम्म काम सकिन्छ। हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ। यस पटक चन्दा बाक्सा पनि राख्दैनौँ। छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौँ। सेलाउने मूर्ति बाहिर नै राख्नेछौँ। आरती र भजन कीर्तन गर्नेछौँ,’ उनले भने।

त्यस्तै, गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए। उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिबारसम्म सकिने पनि बताए।

‘छठको घाट ५०८ देखि ५१० वटा बनाउने निर्णय गरेका छौँ। अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको छ। २० प्रतिशत काम शनिवारसम्म सकिन्छ। कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ। आर्थिक मन्दीले अलि कमी हुने आँकलन गरेका छौँ। तर रसिद काट्नेहरू हेर्दा भरिन्छ जस्तो छ,’ उनले भने।

आर्थिक मन्दीका कारण यस वर्ष छठमा आउनेहरुको संख्या कमी हुने आँकलन गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु