बुधबार , बैसाख १७, २०८२

काठमाडौं । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो

विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा  आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १८, २०८२ बिहिबार 31 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP