बिहिबार , बैसाख १८, २०८२

काठमाडौं । उत्तरको छिमेकी मुलुक चीनसँग सीमा जोडिएको हिमालपारिको जिल्ला मुस्ताङको कोरला नाका आज (सोमबार) देखि पुनः सञ्चालनमा आएको छ ।  कोरोना भाइरसको कारणले २०७६ सालदेखि बन्द अवस्थामा रहेको मुस्ताङ–तिब्बत कोरला नाका आजदेखि खुला भएको हो ।
दुई देशका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा एक समारोहबीच उद्घाटन गरी कोरला नाका खुलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। औपचारिक रुपमा नाका खुला गरिएपछि दुई देशको बीचमा व्यापारिक कारोबार पनि सुरु भएको छ । आर्थिक कारोबारका लागि सोमबार नै सरकारले वितरण गरेको सीमा पार पास देखाएर एक हजार भन्दा बढी स्थानीय बासिन्दा चीनतर्फ गएका छन् ।

लामो समयपछि कोरला नाका खुलेसँगै नेपालतर्फ चिनिया सामानहरु भित्रिन थालेका छन् । नाका प्रवेश गर्ने अनुमतिपत्र पाएका स्थानीयवासीहरु ३० किलोमिटर परको चिनिया भूमिसम्म पुगेर सामान खरिद–बिक्री गर्न पाउने मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । तत्कालका लागि उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका एक हजारबढी स्थानीयलाई मात्रै प्रवेश पास दिइएको छ । कोरला नाका खुलेर चिनिया सामान आउन थालेपछि मुस्ताङीहरु उत्साहित भएका छन् ।

कोरला नाका सञ्चालन गर्न सीमा क्षेत्रमा नेपालतर्फ यसअघि चीनको सहयोगमा सुरक्षाकर्मीलाई लक्षित गरेर अस्थायी कन्टेनर स्थापना गरिएको थियो । चीनले उपलब्ध गराएको सो अस्थायी कन्टेनरभित्र आवश्यकताअनुसार नेपाली सुरक्षाकर्मीका लागि बसाई व्यवस्थापन मिलाइएको छ । कोरला नाकादेखि १४ किलोमिटर तल नेपाली भूमि नेचुङमा कस्टम, क्वारेन्टाइन, इमिग्रेसनलगायत सुरक्षाको व्यवस्थापन गरिएको छ ।

कोरला नाका खुलेपछि मुस्ताङ र तिब्बतको बीचमा व्यापार, व्यवसाय, आवतजावत र कारोबार सुरु भएको छ । कोरला नाकाबाट लत्ताकपडा, बिजुलीका सामान, पेयपदार्थ, दैनिक उपभोग्यलगायत चिनियाँ सामानहरु नेपालतर्फ आयात हुन्छन् । यसैगरी नेपाली सामानहरु भेडाको ऊन, पस्मिना, जिम्बुलगायत चीनतर्फ निर्यात हुन्छ । चाडबाडको समयमा भेडा–च्याङ्ग्रा पनि खरिद–बिक्री हुने मुस्ताङका व्यापारीहरु बताउँछन् ।
चीनतर्फ तिब्बतको लिजीमा बन्दरगाहसहित शहरै बने पनि कोरलानाकाको नेपालतर्फ कुनै संरचना छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा कोरला (नेचुङ—लिजी) नाका खोल्ने सहमतिअनुसार सोमबार एक समारोहबीच यो नाका सञ्चालनमा ल्याइएको हो ।
नाका खोल्ने भएपछि चीनतर्फबाट ठूला ठूला ट्रकमा नाकामा सामान ल्याइएको छ भने नेपालतर्फ सुनसान रहे पनि चीनतर्फ भव्य शहरै बनिसकेको छ ।

ठूला ठूला व्यापारिक मल पनि बनिसकेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार चीनतर्फ बन्दरगाहका लागि आवश्यक सबै संरचना बनिसकेका छन् । ५ सयभन्दा धेरै घरहरु निर्माण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १८, २०८२ बिहिबार 50 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP