शनिबार , भाद्र १३, २०८३

डार्विन, एन.टी. – डार्विनको उत्तरी क्षेत्र नाइटक्लिफमा लामो समयदेखि चलिरहेको  ग्रोसर पसलका मालिक लिनफोर्ड फिकको हत्या भएपछि सम्पूर्ण समुदाय शोकमा डुबेको छ। ७१ वर्षीय फिकलाई बुधबार दिउँसो पसलमै सानो चोरी रोक्ने क्रममा चक्कु प्रहार गरिएको थियो।

पुलिसले १८ वर्षीय युवकलाई सोही रात पक्राउ गरी बिहीबार साँझ उनलाई हत्या अभियोगमा चार्ज गरेको छ।

घटनापछि स्थानीय बासिन्दाहरू पसल अगाडि जम्मा भई फूलहरू अर्पण गर्दै र मैनबत्ती बाल्दै श्रद्धाञ्जली दिएका छन्। फिकलाई धेरैले “साँचिकै रत्न” र “समाजका आधारशिला” को रूपमा सम्झिएका छन्।

नजिकै व्यवसाय सञ्चालन गरिरहेकी कातेरिना टेरेराकिसले भनिन्, “उहाँ जस्तो मानिस विरलै जन्मिन्छ। यस्तो दुःखद घटना किन भयो? अब यहाँ बस्ने मन नै छैन। हाम्रा बच्चाहरू पनि डराउन थालेका छन्।”

उद्योग व्यवसायमा संलग्न मानिसहरूले संरक्षण नपाएको र बारम्बार खतरामा परिरहेको गुनासो गरेका छन्।

स्थानीय सांसद क्याट म्याकनामाराले भनिन्, “खुद्रा व्यवसाय र अतिथ्य क्षेत्रमा काम गर्नेहरू असुरक्षित महसुस गरिरहेका छन्। लिनफोर्डको निधनले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ।”

बिहीबार साँझ आयोजित मैनबत्ती श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएकाहरूले फिकलाई केवल व्यापारी होइन, समुदायको केन्द्र बिन्दुका रूपमा सम्झिए।

स्थानीय बासिन्दा रे ब्रोडीले भने, “उहाँसँग सधैं कुरा गर्ने समय हुन्थ्यो। उहाँ सज्जन व्यक्ति हुनुहुन्थ्यो। उहाँ हाम्रो समाजका आधारस्तम्भ हुनुहुन्थ्यो।”

टेरी म्याकएन्लो नामका अर्का स्थानीयले भने, “समस्या केवल कारावासले समाधान हुँदैन। दुबै पक्षमा सहानुभूति र समाधान खोजिनुपर्छ।”

पसलबाहिर दर्जनौं फूलहरूको थुप्रो, बालिएको मैनबत्ती र आँसुहरूले लिनफोर्ड फिकप्रति समुदायको माया, सम्मान र भावुक श्रद्धाञ्जली प्रस्तुत गर्छ। उहाँको मृत्युसँगै नाइटक्लिफले एउटा असल साथी, छिमेकी र समुदायप्रेमी व्यक्तित्व गुमाएको छ।

News and Pic Source: ABC Darwin

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP