मंगलबार , बैसाख २९, २०८३

तिलोत्तमा । तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गरिएको छ । क्लवले नेपालीहरुका विभिन्न चाडपर्वहरुका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा पत्रकार शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

२५ हजार राशीको उक्त “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” क्लवका प्रमुख सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले स्थापना गरेको हो । क्लवले २०७९ सालको पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरेको हो । पुरस्कृत शर्मा अनलाइन खवरको वरिष्ठ संवाददाता र न्युज बुटवल टुडेको उपसम्पादक छन् ।२०६१ सालदेखि पत्रकारितामा क्रियाशिल उनी यसअघि विभिन्न पुरस्कारबाट सम्मानित भैसकेका छन् ।

उनले यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीबाट उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार, तिलोत्तमा नगरपालिकाबाट उत्कृष्ट पत्रकार सम्मान, बुटवल उद्योग बाणिज्य संघबाट उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघ रुपन्देहीबाट उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार, उद्योग व्यापार संगठनबाट उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार, उत्कृष्ट फिचर लेखन पुरस्कार, उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार, उत्कृष्ट मानव अधिकार, शान्ति तथा लैंंिगक पत्रकारिता राष्ट्रिय पुरस्कार, उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार लगायत पर्यटन, कला, संगीत क्षेत्रका थुप्रै सम्मान प्राप्त गरेका छन् ।

शर्मालाई पुरस्कृत गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले पुरस्कारको गरिमालाई जोगाएर पत्रकारितामा अझै सशक्त ढंगले कलम चलाउन आग्रह गरे । उनले पत्रकारिता समाजको ऐना भएको भन्दै पत्रकारिताका माध्यमबाट उजागर गरिने विषयले समाजलाई सही दिशा निर्देश गर्न सक्नुपर्ने बताए ।

तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सञ्चार जगतको हातमा महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै सत्यतथ्यमा आधारित भएर कलम चलाउन आग्रह गरे ।

प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार अर्जुन ज्ञवालीले पत्रकारिता पुरस्कार पाउनु भन्दा यसको गरिमालाई जोगाइराख्नु ठूलो कुरा भएको भन्दै यसलाई शिरोधार्य मानेर अघि बढ्न सुझाव दिए ।

पुरस्कारका संस्थापक मोहन चापागाईंले आफूले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्ष हुँदा पाएको बैठक भत्ता बापतको रकमबाट पुरस्कारलाई तिलोत्तमा मिडिया क्लवसँग सहकार्य गरेको भन्दै आगामी दिनमा पनि अरु सामाजिक क्षेत्रमा पुरस्कारलाई बिस्तार गर्ने योजना रहेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले तिलोत्तमा मिडिया क्लवले प्रदान गरेका हालसम्मका दुईवटा पुरस्कार विवादरहित रहेको भन्दै यस्तै निष्पक्षतालाई कायम राख्दै अघि बढ्न सुझाव दिए ।

पुरस्कृत पत्रकार टोपराज शर्माले आफूले प्राप्त गरेको पुरस्कार रकममा २५ हजार थप गरी आफ्ना बुबा आमाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरे । कार्यक्रममा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष बीपी गौतम, संस्थापक अध्यक्ष लक्ष्मण पौडेल, सचिव कल्पना तिवारीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP