मंगलबार , भाद्र १६, २०८३

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेललाई विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले राष्ट्रपति पौडेललाई समवेदना सन्देश पठाएका हुन् ।

राष्ट्रपति पौडेललाई जर्मनीका राष्ट्रपति फ्रैंक वाल्टर स्टाइनमेयर, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेंडर भ्यान डेर बेलेन, निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगा सावेद्रा, कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र स्पेनका पेद्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देश पठाएका हुन् ।

राष्ट्र प्रमुखहरुले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारको तर्फबाट सहानुभूति प्रकट गर्दै राहत तथा पुन:स्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

यसअघि  राष्ट्रपति रामचन्द्र पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सले पनि समवेदना सन्देश पठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP