मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइका लागि न्यायाधीश केशव घिमिरेको इजलासमा पेसी तोकिएको छ।

नाबालिग बलात्कार मुद्दाको फैसला गर्न पटकपटक पेसी तोकिए पनि विभिन्न कारण सुनुवाइ मिति सरिरहेको थियो। यस्तोमा बिहीबार न्यायाधीश घिमिरेको इजालसमा पेसी चढेको हो।

यसअघि गत असोज ७ गते पेसी चढे पनि यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन।त्यसअघि असोज १ गतेका लागि पेसी तोकिए पनि न्यायाधीश अभावका कारण स्थगन गरी असोज ७ का लागि पेसीमा राखिएको थियो।  तर त्यसपछि बिहीबारका लागि यो मुद्दा पेसीमा चढेको हो।

असोज १ गते नै सुनुवाइ गर्ने भनिए पनि केही न्यायाधीश बढुवा भएर उच्च अदालतमा जान बिदाइ भएकाले मुद्दा हेरेनन्। अन्यको सरुवा भएकाले त्यस दिन सुनुवाइ नै स्थगन भएको थियो।

त्यसअघि यो मुद्दामा गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सुनुवाइ भएको थियो। त्यसबेला कार्कीले पीडित किशोरी गौशाला २६ को पञ्जीकरणसम्बन्धी फाइलको ढड्डा नै झिकाउन आदेश दिएको थियो।

उक्त आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइँसराइसम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेको थियो। त्यसैले असोजमै मुद्दाको छिनोफानो हुने अनुमान थियो। तर त्यसबेला कुनै टुंगो लागेन।बिहीबार अन्तिम सुनुवाइ सकिएमा सन्दीपले सफाइ पाउने वा जेल जानुपर्ने फैसला हुनेछ। सन्दीपले एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP