शनिबार , बैसाख २०, २०८२

काठमाडौं । चीन सरकारले सैनिक जहाजमार्फत भूकम्पपीडितका लागि पठाएको २८ करोड नेपाली रुपैयाँ बराबरका राहत नेपाल सरकारले बुझेको छ। चीन सरकारले पठाएको १५० करोड आरएमबी अर्थात् २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पोखरामा बुझेका हुन्।

 

narayankaji-chhen-song_1.jpg

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि पोखरा विमानस्थलमा उपस्थित थिए। चीनले राहत सामग्रीमा उच्च गुणस्तरका ४६ सय गोटा कम्बल र कार्यालय नै चलाउन सकिने ६ सय ठूला टेन्ट पनि सहयोग गरेको हो। चीनले पठाएका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट पुर्‍याउने  छ। जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज बुधबार सबेरै बिहान पोखरा विमानस्थलमा आइपुगेका थिए।

china_jahaj.JPG

चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।  सामग्री बुझ्न गृहमन्त्री श्रेष्ठ पोखरा गएका हुन् ।
उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ। यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP