मंगलबार , बैसाख २९, २०८३

काठमाडौं  जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट देशका विभिन्न ठाउँमा गरी ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।  भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति पुर्‍याएको सरकारले जनाएको छ ।

सरकारले गरेको अध्यावधिक विवरण अनुसार   सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् भने ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ। जाजरकोटमा
७ हजार १ सय ६६ मा आंशिक र १ हजार १ सय ७० घरमा पूर्ण क्षति भएको छ । यस्तै भूकम्पबाट सल्यानमा २५ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ९७ घरमा आंशिक क्षति पुगेको छ। यसैगरी रोल्पामा १७ घर पूर्ण रूपमा भत्किएका छन् भने ८३ घरमा आंशिक क्षति पुगेको छ।

भूकम्पले जुम्लामा पनि ५ घर पूर्ण रूपमा क्षति भएका छन् रुकुम पूर्वमा २ घर तथा दैलख, बैतडी र कालीकोटमा १–१ घर पूरै ध्वस्त भएका छन्। भूकम्पले रुकुम पूर्वमा १८२ घरमा आंशिक क्षति पुगेको तथ्यांकमा उल्लेख  छ। यस्तै प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा १र१ घरमा भूकम्पले आंशिक क्षति पुगेको छ।

जाजरकोट केन्द्रबिन्दु भएर यही कात्तिक १७ गते गएको ६–४ म्याग्निच्युडको भूकम्पबाट भएका क्षतिको विवरण संकलन जारी रहेको सरकारले जनाएको छ।

गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पबाट भएका क्षतिबारे  जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी छ।

अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ। भूकम्पका कारण सबैभन्दा बढी जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ।  रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको मंगलबार बिहान सार्वजनिक तथ्यांकमा उल्लेख  छ।

तथ्यांकअनुसार घाइते ३६३ मध्ये सबैभन्दा बढी रुकुम पश्चिममा २ सय जना छन् भने जाजरकोटमा १४५ जना घाइते भएका छन्। यस्तै भूकम्पमा परी जुम्लामा ६, दैलेख, बैतडी र प्युठानमा ३र३ जना, सल्यानमा २ जना तथा कालिकोट र रोल्पाका १–१ जना घाइते भएका छन्।  शुक्रवार राति जाजरकोटका रामीडाँडा केन्द्रविन्दू भएर गएको भुकम्पमा अहिले पनि परकम्प आईरहेका छन् ।

bhukapma-lost_tathyanka_.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP