
काठमाडौं । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा जाँदैछन्।
राष्ट्रपति पौडेल आज बिहान सवा १० बजे भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका क्षेत्रमा जाने उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलको यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मको युरोप भ्रमण गर्ने कार्यतालिका थियो।
देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि प्राकृतिक विपत्ति आइपरेका बेला देश छाड्न उपयुक्त नहुने निष्कर्षसहित पौडेलले भ्रमण स्थगित गरेका हुन्।