मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गरेको हो ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई  राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन् । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताए । राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा  फर्कने  उनले बताए ।

बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बने । पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP